नेकपा (एमाले) कीर्तिपुर नगर कमिटीले आगामी मंसिर १६ गते हुने किर्तिपुर नगरपालिका मेयर पदको उपनिर्वाचनका लागि नेकपा (एमाले) का केन्द्रिय सदस्य डा. सुरेन्द्र मानन्धरलाई सर्वसम्मत रूपमा मेयर पदको उम्मेदवारको रूपमा सिफारिस गरेको छ। ब्यापक छलफल पछि एमालेको कीर्तिपुर नगर समितिले मानन्धर एक जनाको मात्र नाम सिफारिस गरिएको हो । एमाले भित्र दुई बर्षका लागि मेयर पदमा उम्मेदवार बन्न विभिन्न नेताहरुले इच्छा ब्यक्त गरेको भएतापनि गत शुक्रवार बसेको बैठकले केन्द्रीय सदस्य डा. मानन्धरको नाम सिफारिस गरिएको हो । नगर कमिटीबाट सिफारिस भई आएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ । मानन्धनर एमालेको काठमाडौँ क्षेत्र नम्बर १० को इन्चार्ज समेत हुनुहुन्छ । उहाँ एमाले विभाजनको समयमा केही समय अलमलिनु भएको थियो । एमाले नेता मानन्धर २०७० सालमा पनि एमालेको तर्फवाट संघीय संसदको उम्मेदवार बन्नु भएको थियो । तस्बिर : राजकमल महर्जन

