बिरेन्द्र शाक्य
प्रस्तुत दुई तस्विर कीर्तिपुरको एक युगको तस्विर हाे भन्दा कुनै फरक नपर्ला । दुबै पात्र समकालिन हुन् र दुबै स्वास्थ्य क्षेत्रसंग सम्बन्धित छन् । दैवज्ञ जितानन्द जोशी, हाल कीर्तिपुर १० वडा जोशीननि निवासी ज्योतिषी एवं झारफुके बैद्य हुन् भने रुद्रबहादुर प्रधान उर्फ ब्रम्हुकाजी १ वडा मतको टोलका बासिन्दा हुन् । हाल दुबैजना भौतिकरूपमा यो धर्तीमा हुनुहुन्न । तर मृत्यूपर्यंन्त दुबैको नाम आज पनि झुण्डिएकै छ । ०३० को दशकयता दैवज्ञ जितानन्द जोशीको चर्चा र ख्याती सिंगो उपत्यकामै निकै उचाईमा थियो । देशका विभिन्न भू-भागबाट समेत बिरामीहरु उपचारका लागि बिहान झिसमिसे नहुँदै उनको निवासमा आउँथे । खासगरि मानसिक रोगको उपचारका लागि जोशी देशैभरि प्रख्यात थिए । उपचारका लागि नाम लेखाउन र टोकन लिन पर्दथ्यो भने धेरै बिरामीहरु ठीक भएर गएका पनि हामीले देखेकै थियौं । खास खास वारमा बिरामी हेरिन्थ्यो र विभिन्न जडिबुटीका ओखतीहरु उनकै निवासमा बन्थ्यो । तत्कालिन अवस्थामा उनको उपचार पहुँच दरबारसम्म पुगेको चर्चा पनि कीर्तिपुरतिर सुनिन्थ्यो ।
अर्का स्वास्थ्यकर्मी रुद्रबहादुर प्रधान स्थानीय चल्तीको नाम ब्रम्हुकाजीको प्रसिद्धि र योगदान पनि कीर्तिपुरको समाजमा कम छैन । स्वास्थ्य समस्या लिई घर पुगेका ब्रम्हुकाजीले उपचारका लागि रात पनि भन्नुहुन्न । त्यो समयमा कम्पाउण्डर भई आफ्नै घरमा मेडिकल खोलेका रुद्रबहादुरनै कीर्तिपुरका एकमात्र डाक्टर थिए । खरो स्वभावका उनी कम बोल्थे र दोहोऱ्याएर सोध्न पनि सबै डराउँथे । तर उनको यहि स्वभावले पनि बिरामीको आधा रोग निको भैसक्थ्यो भने बांकी उनकाे अाेखतीले । स-साना बच्चाहरू त एक पटक उनले छाेएपछि सञ्चाे मान्थे । ज्यामी, सिकर्मी र डकर्मीकाे काम गर्ने कीर्तिपुरेहरू एकदिन पनि घर बसी खान गाह्राे मान्ने र साँझ सञ्चाे नभए ब्रम्हुकाजीकाे दबाई खाई सञ्चाे भई भाेलीपल्ट काममा जानपर्ने । रूद्रबहादुर प्रधानकाे ख्याती कीर्तिपुरमामात्र सीमित छैन, दक्षिण-पश्चिम भेगका धेरैले उनकाे सेवाबाट लाभान्वित भए । करिब ४ दशककाे त्याे कालखण्ड कीर्तिपुरकाे सबैका लागि स्मरणीय बन्याे र, अाज युग फेरियाे, प्रविधि चुलियाे तर कीर्तिपुरकाे इतिहासकाे त्याे अध्याय र यी दुबैकाे नाम र काम कालजयी बनिइरहनेछ । भाेली पनि युग-युगसम्म रहिरहनेछ । जय कीर्तिपुर ।
दैवज्ञ जितानन्द जोशी र ब्रम्हुकाजी (रुद्रबहादुरप्रधान):कीर्तिपुरले बिर्सन नमिल्ने त्यो एक युग ।
