कीर्तिपुर नगरपालिका वडा नं. ५ स्थिति समुदायले परम्परादेखि उपभोग गर्दै आएको दुई वटा दन (पोखरी)को सवालमा राखेको मुद्दालाई उच्च अदालन पाटनले मुद्दा खारेज गरेको छ ।
करिव १३ रोपनी जग्गा रहेको उक्त पोखरीको सवालमा आज मंगलवार न्यायधीशहरु अन्जु उप्रेती ढकाल र चन्द्रमणी ज्ञवालीको संयुक्त इजलासले सो मुद्दा खारेज गरि दन (पोखरी) नै कायम गरेको छ ।
राजेन्द्रजंग कार्की मुद्दा दायर निषेधाज्ञा लगायत उपयुक्त आदेश एवं जारी गरि पाउँ २०८१ बैशाख १० गते कीर्तिपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र महर्जनलाई विपक्ष बनाई मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा वादीले भोगचलन गर्दे आएको भनी पुखू नाम भएको संरक्षण गरि पाउँ भनी मुद्दामा उल्लेख गरेको थियो । ती पोखरीहरुको सवालमा स्थानीय समुदायले वडा कार्यालयलाई नै साथ दिदै आएको थियो । अन्ततः मुद्दा खारेज भएका कारण समुदायले आफूहरुलाई अदालतले न्याय दिएको महसूस गर्न थालेको यस अभियानमा लागेका प्रशान्त महर्जनले कीर्तिअनलाईनलाई बताउनु भएको छ ।