20 C
Kirtipur
Saturday, May 24, 2025

कीर्तिपुरका डा. सुरेन्द्र मानन्धरलाई काठमाडौं १० नं. क्षेत्रीय इञ्चार्जको जिम्मा

Must read


–ललेन्द्र शाक्य
कीर्तिपुर ३ वडा कुतिसा टोलका स्थानीय बासिन्दा नेकपा एमालेका केन्द्रीय सदस्य युवा नेता डा. सुरेन्द्र मानन्धरलाई एमाले केन्द्रीय सचिवालयको बैठकबाट काठमाडौं १० नं. क्षेत्रीय इञ्चार्जको जिम्मेबारी सुम्पिएको छ ।
संवैधानिक कानूनमा विद्यावारिधि गर्नुभएको डा. सुरेन्द्र मानन्धर तत्कालीन भूमिगतको समयमा स्कुले विद्यार्थी जीवनकालदेखि नै अनेरास्ववियुमा आबद्ध रही कम्युनिष्ट राजनीतिमा सक्रिय भूमिका खेल्दै आइरहनु भएका नेता हुन् ।
नेकपा एमालेले काठमाडौं १० नं. क्षेत्रीय इञ्चार्जको जिम्मेवारी डा. मानन्धरलाई दिइसकेपछि कीर्तिपुर नगरसंगै समग्र १० नम्बर क्षेत्रका बासिन्दाहरु अब काठमाडौंको १० नम्बर क्षेत्रमा सकारात्मक ढंगबाट राजनीतिक परिवर्तनका साथसाथै सामाजिक एवं विकासशील कार्यमा उल्लेखनीय तवरले परिवर्तन आउनेमा आशावादी भएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article