काठमाडौं÷मुसुलधारे पानी परेको कारण खोलामा बाढी आएको र बाढीले बगाई ल्याएको एक जना पुरुषको शव बल्खु पुलमुनि अड्किरहेको अवस्थामा फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनि बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ ।
बाँके घर भई हाल सुकुम्बासी बस्तीमा बस्ने मृतक ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो । कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।
मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी खोला किनारा डुबानमा परेको छ । बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ ।
बाढीले असंख्य भौतिक संरचनाहरु नष्ट भएको छ ।
बल्खुमा एक पुरुषको शव फेला
