कीर्तिपुर , हालै विधिवत् रुपमा स्थापित नेपाल कला–संस्कृति उत्थान समाजद्वारा मात्र कीर्तिपुरका गायक÷गायिकाहरु एकत्रित गरी कीर्तिपुर नगरव्यापी संगीत महोत्सव ११४४ को आयोजना गर्ने भएको छ ।
कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा ने.सं. ११४४ गुँलाथ्व चौथी (२०८१ श्रावण २४ गते) बिहिबार विहान ११ बजेदेखि दिनभर उक्त कीर्तिपुर नगरव्यापी संगीत महोत्सव ११४४ सांगितिक आयोजना हुने जानकारी आयोजक संस्था नेपाल कला–संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलले दिनुभएको छ ।
आयोजक संस्था समाजका अध्यक्ष डंगोलका अनुसार कीर्तिपुर नगरभित्र आफ्नो नेपालभाषा एवं खस नेपाली भाषाका मौलिक गीत रिकर्ड गरिसक्नु भएका नयाँ तथा पुराना गायक/गायिका एकजूट गर्ने लक्ष्य एवं उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । समाजका अध्यक्ष डंगोल भन्नु हुन्छ, “कीर्तिपुर नगरव्यापी संगीत महोत्सवमा कीर्तिपुरका बरिष्ठ चर्चित गायक/गायिकाहरुदेखि नयाँ गायक/गायिकाहरुलाई निमन्त्रणा गर्नेछौं । उहाँहरुको रिकर्ड भइसकेका गीतहरु कार्यक्रममा प्रस्तुत हुनेछ । यो कार्यक्रमको एक उद्देश्य र अभियान पनि हो कि, कीर्तिपुर नगरका गायक/गायिकादेखि संगीत कर्मीहरुलाई एकजूट गर्ने । उक्त कार्यक्रममा कीर्तिपुर नगरभित्र परम्परागत संगीत गुरुलाई सम्मान गर्ने योजना पनि रहेको छ । आशा छ, उक्त संगीत महोत्सवमा कार्यक्रममा कीर्तिपुरका आदरणीय चर्चित गायक÷गायिकादेखि नयाँ गायक÷गायिकाहरु उपस्थित भई आफ्नो प्रतिभा प्रष्फुटन गर्नु हुनेछ । र, कीर्तिपुर नगरका कलाकारहरु एकजूट हुने अभियान, लक्ष्य एवं उद्देश्यमा सामेल हुनु हुनेछ ।”
कला–संस्कृतिप्रेमी विजयलाल डंगोलको अध्यक्षतामा गठित नेपाल कला–संस्कृति उत्थान समाजमा रामकृष्ण महर्जन
‘किरण’ उपाध्यक्ष, ललेन्द्र शाक्य सचिव, शर्मिला महर्जन कोषाध्यक्ष तथा नविन जोशी, गोविन्द ह्यूमत, प्रवेश महर्जन, कृष्ण देवी महर्जन र सदीक्षा डंगोल कार्यकारिणी सदस्यको रुपमा रहनु भएको छ ।
“नवप्रतिभालाई प्रोत्साहन, अग्रजलाई सम्मान ः हाम्रो कला–संस्कृति, राष्ट्रको पहिचान” नाराका साथ कला–संस्कृतिलाई उत्थान गर्ने उद्देश्यका साथ स्थापित नेपाल कला–संस्कृति उत्थान समाजको हुनलागेको ‘कीर्तिपुर नगरव्यापी संगीत महोत्सव ११४४’ प्रथम कार्यक्रम हुनेछ । यस कार्यक्रमपछि कीर्तिपुरलगायत उपत्यकाभित्रका विभिन्न प्रतिभावान् कलाकार संगीतकर्मीहरुको एकल कार्यक्रम गर्ने लक्ष्य पनि रहेको जानकारी उक्त समाजका अध्यक्ष विजयलाल डंगोलले दिनुभएको छ । आयोजक संस्था समाजका अध्यक्ष डंगोलले गीत संगीत प्रस्तुतिका लागि सहभागी हुने गायक/गायिकाहरुलाई आफूले प्रस्तुत गर्ने गीतका रचनाकार एवं संगीतकारलाई पनि कार्यक्रममा उपस्थित गराउनको लागि विशेष अनुरोध पनि गर्नुभएको छ ।
समाजका अध्यक्ष डंगोलले श्रावण २४ गते बिहिबार हुने समाजको पहिलो प्रस्तुति कीर्तिपुर नगरब्यापी संगीत महोत्सव नेपाल कला–संस्कृति उत्थान समाजको परिचयात्मक कार्यक्रमको रुपमा हुने र उक्त कार्यक्रम पश्चात् भोलिका दिनमा यस्तै कला–संस्कृति सम्बन्धी बृहत्त कार्यक्रमहरु आयोजना गर्दै जाने लक्ष्य एवं उद्देश्य भएको हुनाले समाजको पहिलो कार्यक्रममा कीर्तिपुर नगरपालिकाभित्रका सम्पूर्ण गायक/गायिका, संगीतकर्मी, कलाकार एवं कला–संस्कृतिप्रेमीहरुलाई उपस्थितिको लागि अनुरोध गर्नु भएको छ ।
नेपाल कला–संगीत उत्थान समाजले गायक÷गायिकाहरुले आफूले प्रस्तुत गर्ने गीतको अडियो ट्रायक एवं गीतसम्बन्धी सम्पूर्ण जानकारी पठाउनका लागि समाजको आधिकारिक ईमेल nepalkalasanskritius1144@gmail.com सार्वजनिक गरेको छ ।
कीर्तिपुर सिनेप्लेक्समा साउन २४ गते कीर्तिपुर नगरब्यापी संगीत महोत्सव ११४४ हुने
