15 C
Kirtipur
Monday, April 28, 2025

रातो मच्छिन्द्रनाथको फूल–प्रसाद कीर्तिपुरकी याकःमिसालाई हस्तान्तरण, श्रावण १७ गते रथजात्रा

Must read

कीर्तिपुर÷

बुंगद्यः करुणामय रातो मच्छिन्द्रनाथको रथ आउँदो श्रावण १७ गते बिहिवार लगनखेलबाट जावलाखेल तान्ने जात्रा हुने भएको छ । लगनखेलबाट जावलाखेल रथ तान्ने चार दिन अगाडि आज सोमबार श्रावण १४ गते कीर्तिपुरको २ वडास्थित प्यंगःथांमा रातो मच्छिन्द्रनाथको जलपानेजुको हातबाट याकःमिसालाई फूल–प्रसाद हस्तान्तरण गर्नुभएको थियो । फूल–प्रसाद हस्तान्तरणसंगै याकःमिसालाई नेपाल सरकार गुठी संस्थान शाखा कार्यालय ललितपुरबाट प्रदान गरिने याकः मिसाको दरबन्दी रकम पनि हस्तान्तरण गरिएको थियो । मिति २०८० असोज २४ गते गुठी संस्थान शाखा कार्यालय ललितपुरले श्री याकः मिसा कवःलाई बोधार्थ गरी याकः मिसाको दरबन्दी कायम सम्बन्धमा पत्र पठाइएको थियो । उक्त दरबन्दी अनुसार आज सोमबार याकः मिसालाई फूल–प्रसादसंगै २०८० र २०८१ को दरबन्दी बापत रकम करिब ११ हजार चानचुन रुपैंया पनि चढाइएको थियो । गुठी संस्थान शाखा कार्यालय ललितपुर कार्यालय प्रमुख लछुना शर्मा काफ्लेद्वारा हस्ताक्षरित याकः मिसाको दरबन्दी कायम सम्बन्धको पत्रमा कीर्तिपुरको याकः मिसाको दरबन्दी कायम गर्ने सम्बन्धमा श्री रातो मच्छिन्द्रनाथको रथजात्रासंग सम्बन्धित याकः मिसाको निमित्त वार्षिक रु. ५५५५ (पाँच हजार पाँच सय पचपन्न)को दक्षिणा दरबन्दी कायम गरी प्रत्येक वर्ष याकः मिसालाई पानेजुले फूल–प्रसाद चढाउने दिनमा कार्यालयको प्रतिनिधि गई सो दक्षिणा दरबन्दी भएको रकम दिने र सो रकम दरबन्दी कार्यविधि बमोजिम दुई वर्षमा १० प्रतिशतले बढाउने गुठी संस्थान प्रधान कार्यालयको मिति २०८० भाद्र १ गतेको निर्णय भएकोले सोही अनुसारको व्यवस्था गरिने हुँदा सोही व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु भनी उल्लेख गरिएको छ । ज्योतिषीहरुले हेरिएको शुभसाईत अनुसार श्रावण १७ गते लगनखेलबाट पश्चिमतफै रथ तानिने भएको छ । यसरी श्रावण १७ गते रथजात्रा गरी जावलाखेल पु¥याइसकेपछि चारदिन पछि श्रावण २१ गते भोटो जात्रा हुनेछ भने यसपछि यस बर्षको सम्पूर्ण रातो मच्छिन्द्रनाथको जात्रा समापन हुनेछ । वर्षा र सहकालको देवताको रुपमा पुज्दै आइरहेको ऐतिहासिक बुंगद्यः करुणामय रातो मच्छिन्द्रनाथलाई ललितपुर पाटको विभिन्न क्षेत्रमा परिक्रमा गराई जावलाखेल पु¥याई भोटो जात्रा गरी समापन गर्ने परम्परा र प्रचलन रही आइरहेको छ । विद्या, धन सम्पक्ति, शान्ति समृद्धिका साथं सम्पूर्ण बरदान मागे पनि आफ्नो रुप रंग राम्रो होस भनी बरदान माग्न नहुने संस्कृतिविदहरुको भनाई रहेको छ । रातो मच्छिन्द्रनाथ बुंगद्यः करुणामयको रथजात्रा नेपालमा मनाइने जात्राहरुमध्ये यो नै सबभन्दा लामो जात्राको रुपमा लिइन्छ । रातो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल पूर्णिमाको दिन शुभारम्भ भई दुई महिनासम्म निरन्तर रुपमा मनाइने जात्रा हो । रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो जात्रा हो । पुल्चोकमा रथारोहण गरी शुभारम्भ हुने रथजात्रा गाःबहाल, मंगलबजार, लुँहिति (सुन्धारा), लगनखेल, इतिटोल हुँदै जावलाखेल पु¥याई भोटो जात्रा गर्ने परम्परा रही आइरहेको छ । भोटोजात्रा समापनपछि बुंगमतीका स्थानीय बासिन्दाहरु बाजागाजा सहित आई देवतालाई खतमा राखी मुख छाडी, छ्वालीप्वाः बाली बुंगमती लैजाने प्रचलन छ । यसपछि जात्रा समापन हुनेछ । एक रहस्यमय कुरा, रातो मच्छिन्द्रनाथको रथ पुल्चोकमा निर्माण गरिन्छ, पुल्चोकबाट नै सर्वप्रथम रथ तानिन्छ । तर पुल्चोकका बासिन्दाहरुले उक्त दिन जात्राको रुपमा लिइदैन अर्थात् आफन्तहरुलाई निमन्त्रणा गरिदैन । जब रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इतितोलबाट जावलाखेल तानिन्छ, तब मात्र उक्त दिन पुल्चोकका बासिन्दाहरुलेआफन्तहरुलाई निमन्त्रणा गरी जात्रा मनाइन्छ । इतिहास अनुसार पुल्चोकका बासिन्दाहरु पहिले कीर्तिपुर र सातगाउँबाट बसाईँ सरी आएका थिए । त्यसैले पुल्चोकका बासिन्दाहरुलाई “अतः गांमा” भन्ने पनि गरिन्छ । त्यस्तै, लगनखेलको इति टोलबाट रातो मच्छिन्द्रनाथको रथ तान्ने बेलामा कीर्तिपुरका साथै सातगाउँले बासिन्दाहरु बाजागाजासहित आई देवताको रथ तान्ने प्रचलन छ । उक्त दिनको जात्रालाई सातगाउँले जात्रा को रुपमा लिने गरिन्छ भने कीर्तिपुरको जात्रा पनि भन्ने प्रचलन छ । पौराणिक भनाई अनुसार १२ वर्षसम्म अनिकाल भएको बखत भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गरेको हो भन्ने किंवदन्ती छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article