– ललेन्द्र शाक्य
केही दिन अघिदेखिको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानले जनतामा त्रासदीको वातावरणले बास गरियो । केही भौतिक एवं मानवीय क्षति समेत भइयो । काठमाडौं उपत्यकामा पनि विभिन्न खोला–नदीहरुमा बाढीले विशाल रुप लिइयो । वर्षातमा पानी परेपछि खोला–नदीहरुको सहत बढ्ने निश्चित हो ।
हालैको वर्षातमा काठमाडौं उपत्यकामा भएका नदीनाला एवं खोलाहरुले पनि विशाल रुप लिइयो । तर विभिन्न संचारमाध्यमहरु विशेष रुपमा यूट्युबरहरुले हल्लाखल्ला मच्चाइयो कि काठमाडौं डुब्यो भन्दै । वास्तवमा ती संचारमाध्यम एवं यूट्युबरहरुले सर्वप्रथम काठमाडौं उपत्यकाको भौगोलिक ऐतिहासिक तथ्य बुझ्नु जरुरी छ, तर ती ऐतिहासिक तथ्य के हो भन्ने कुरै नबुझी काठमाडौं डुब्यो भन्दै चित्कार छोड्न थाले ।
देशमा २०४६ सालको प्रजातन्त्र आउनुभन्दा अघि पनि काठमाडौं उपत्यकाका खोला एवं नदीनालाहरुमा बाढी आउथ्यो, त्यो बेला काठमाडौं डुबानमा हैन, खुल्ला खेतहरु डुबानमा पर्ने गरिन्थ्यो । काठमाडौं उपत्यकाका त्यो बेलाका पूर्वजहरुले खोला नदीनालाको इलाकाको रुपमा बुझी ती खेतहरुमा खेती गरिन्थ्यो, तर घर बस्ती नबनाई आइरहेका थिए । तर २०४६ सालको प्रजातन्त्रपछि काठमाडौं उपत्यकामा दुईगुणा चौगुणाको रुपमा उपत्यका बाहिरका मानिसहरुको घनाबस्तीको रुपमा परिणत भइयो, ती खोला, नदिनाला किनारका जग्गा जमिनहरुमा घर ठड्याइयो, बस्ती बसाल्यो । अनि वर्षातमा खोला, नदीनालाको जलसतह बढ्छ नै, बाढी आउ“छ नै । ती खोला, नदिनालाले त आफ्नो इलाकालाई अंगाली हाल्छ नै । अनि, ती खोला–नदिनालाले आफ्नो जमिन अंगालेकोलाई काठमाडौं डुबान भन्न मिल्छ र ? बास्तवमा ती खोला, नदिनालाहरु आफ्नो इलाका जमिन अतिक्रमण गरी बस्ती बसालेको क्षेत्रमा आफ्नो हक दाबी गर्न पानीको रुप धारण गरी छिरेको मात्र हो न्यायको खोजीमा भौतारिदै । अब हामी भन्न सक्छौं कि, खोला बस्तीमा पसेको हैन कि खोलामा बस्ती बसालेको कारण नै यो नियति भोग्नु परेको हो । त्यसैले, बुझौं, कोही कसैको अधिकार हनन नगरौं, आफ्नो अधिकारका लागि पीडित पक्ष जागरुक हुन्छ नै । समयमैं सतर्कता अपनाऔं ।
काठमाडौं डुबान हैन : अतिक्रमित बस्ती डुबेको हो !
