22.3 C
Kirtipur
Saturday, March 15, 2025

काठमाडौं महानगरद्वारा ४४ वटा दोहोरी र नाइट क्लबलाई अल्टिमेटम

Must read


काठमाडौं/काठमाडौं महानगरभित्र रहेका डान्स बारदेखि विभिन्न दोहोरी साँझ एवं नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ ।
काठमाडौं महानगरपालिका क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी साँझ र नाइट क्लबहरुलाई राजश्व नबुझाएको भन्दै काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ ।
बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक पटक लिखित फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गर्ने गरेको भन्दै काठमाडौं महानगरपालिकाले ३५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ ।
उक्त ३५ दिनको अवधिभित्र कर दाखिला नगरे नगराएमा आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही गर्ने जानकारी समेत काठमाडौं महानगरपालिकाले सूचनाद्वारा गराएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article