11 C
Kirtipur
Friday, February 7, 2025

आज मंगलबार राती ११ बजेदेखि भोलि बुधबार विहान ६ बजेसम्म रिचार्ज बन्द !

Must read

कीर्तिपुर÷आज मंगलबार राती मोबाइल सेवामा रिचार्ज नहुने जानकारी नेपाल टेलिकमले दिएको छ ।
नेपाल टेलिकमले एक सूचना सार्वजनिक गरी मोबाइल सेवामा रिचार्ज नहुने जानकारी दिएका हुन् ।

नेपाल टेलिकमद्वारा सार्वजनिक गरिएको उक्त सूचनामा विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकोले आज मंगलबार राती ११ बजेदेखि भोलि बुधबार बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु बन्द हुने नेपाल टेलिकमले जनाएको छ ।

आज मंगलबार राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने नेपाल टेलिकमको सूचनामा उल्लेख गरिएको छ ।
नेपाल टेलिकमद्वारा सार्वजनिक गरिएको सूचनामा भनिएको छ, “नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मिति २०८१ असार २५ गते राती ११ बजेदेखि २०८१ असार २६ गते बिहान ६ बजेसम्म गरिने भएकालेउक्त अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद, क्यूरी सेवाहरु केही समयका लागि प्रभावित हुनसक्ने हुँदा सो समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्नुहुन अनुरोध छ । उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आइपीटीभी आदि सेवाहरु यथावत संचालन हुने ब्यहोरा समेत अनुरोध छ । यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।”

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article