11 C
Kirtipur
Friday, February 7, 2025

नेमकिपा सांसद प्रेम सुवालको गुञ्जन : माटोको फुटेको भाँडो जस्तो मात्रै भयो सत्ता समीकरण

Must read

हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् ।
सुवालले भने, ‘अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो ।’

सांसद सुवालले नयाँ सत्तासमीकरण व्यापारीको घरमा बसेर भएकोमा आपत्ति समेत जनाए । उनले मध्य रातमा एमाले–काँग्रेसबीच सत्ता समीकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप समेत लगाए ।

‘नयाँ सत्ता समीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो ? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला ।’ उनले भने ।

सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढे मात्रै स्वभाविक हुने बताए । नेमकिपा सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article