22.3 C
Kirtipur
Saturday, March 15, 2025

कीर्तिपुरकी चर्चित गायिका रत्नशोभा महर्जनका साथ राजनराज सिवाकोटीको “यःमरि च्वामु” सार्वजनिक

Must read


– ललेन्द्र शाक्य
कीर्तिपुर÷नेपालभाषा संगीत क्षेत्रका एक चम्किला नक्षत्र कीर्तिपुरकी चर्चित गायिका
रत्नशोभा महर्जन एवं नेपाली संगीत क्षेत्रका लोकप्रिय संगीतकर्मी राजनराज शिवाकोटीको रचना तथा संगीतका साथसाथै स्वरमा सजिएको बिल्कुलै मनमोहक आकर्षक युगल गीत “यःमरि च्वामु…” बोलको गीतको म्युजिक भिडियो शुक्रबार एक समारोहका बीच सार्वजनिक भएकोे छ ।
खस नेपाली भाषा र नेपालभाषा समिश्रण गरी फ्युजन गीतको रुपमा तयार गरिएको यस गीतका रचनाकार राजनराज शिवाकोटी हुन् भने कीर्तिपुरकै चर्चित साहित्यकार रजनी मिलाले यस गीतको नेपालभाषा अनुवाद गर्नुभएको हो । काठमाडौंको टेकु दोभानस्थित राणाकालीन तीन देवल परिसरमा भएको सार्वजनिकीकरण
समारोहमा प्रसिद्ध कलाकार हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ मुख्य अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । सो समारोहमा प्रमुख अतिथि हाँस्य सम्राट श्रेष्ठले गायिका रत्नशोभा महर्जनको प्रतिभाको प्रशंसा गर्दै विख्यात संगीतकर्मी सिवाकोटीसंगको युगल गायनले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।
कीर्तिपुरकै भाजंगल निवासी अशोककुमार माली र ‘राजमति’ चलचित्रका नायक एवं मोडल मणि राजलवटको प्रस्तुति एवं ए.एन.एन प्रोडक्शनको निर्माण रहेको सो म्युजिक भिडियोमा अशोककुमार माली र तिमिला गोपालीको मुख्य भूमिका रहेका छन् भने म्युजिक भिडियोमा अन्य धेरै कलाकारहरुको भूमिका रहेका छन् ।
‘यःमरि च्वामु’ म्युजिक भिडियोमा
कोरियोग्राफी राजन शाहीले गर्नुभएको छ भने छायांकन एवं सम्पादन र कलर ग्रेडिङ सोहन मानन्धरले गर्नुभएको छ । यस्तै, श्रृंगार सनम कुमार श्रेष्ठ र मिरा डंगोलले गर्नुभएको छ । म्युजिक भिडियो सार्वजनिक समारोहमा आयोजकका तर्फबाट ‘राजमति’ नायिका एवं गायिका रत्नशोभा महर्जनकी ठूल्दिदी हिसिला महर्जनले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रस्तोता एवं म्युजिक भिडियोका नायक अशोककुमार माली, संगीतकर्मी गायक राजन
राज सिवाकोटी, ‘यःमरि च्वामु’ म्युजिक भिडियो निर्देेशक देवकुमार श्रेष्ठ लगायतले सो गीत र भिडियोबारे कुरा राख्नु भएको थियो ।
शुक्रबार सार्वजनिक गरिएको सो भिडियोको समीक्षा गर्ने क्रममा नेपालभाषा म्युजिक भिडियो क्षेत्रका प्रथम निर्देशक बरिष्ठ सिने पत्रकार तथा समीक्षक विजयरत्न तुलाधर असंबरेले नेपाल भाषाको म्युजिक भिडियो क्षेत्र दिनानुदिन
फराकिलो हुँदै गएको र यस भिडियोमा नेवाः संस्कृतिमा महत्वपूर्ण स्थान रहेको विश्व प्रसिद्ध नेवारी मिठाई ‘यःमरि’लाई सुन्दर एवं सटिक ढंगबाट प्रस्तुत गरिएकोले सुनमा सुगन्ध थपिएको भन्नु भयो ।
चर्चित गायिका दीपा महर्जनले संचालन गर्नुभएको उक्त ‘यःमरि च्वामु’ म्युजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व एवं कलाकर्मीहरुको उपस्थिति रहेको थियो ।
संगीतकर्मी राजनराज सिवाकोटीद्वारा सिर्जित अधिकांश गीत संगीतहरु हिट नै भएका छन् भने अब ‘यःमरि च्वामु’ गीत पनि दर्शकहरु माँझ लोकप्रिय हुने पक्षमा कुनै दुईमत नै देखिन्नँ भने यस म्युजिक भिडियोको गीत संगीत गायन देखि म्युजिक भिडियो निर्माणमा उच्च
स्तरीय प्रविधि समाहित छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article