– ललेन्द्र शाक्य
काठमाडौं÷नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समीकरण सरकार महिना दिनभित्रै हाल अनौपचारिक रुपमा ढलेको छ । सरकार ढलेको औपचारिकता प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको ३० दिनभित्र विश्वासको मत लिन नसकेको अवस्थामा नयाँ सरकारको रुपमा कांग्रेस र एमालेको
सरकार गठन हुने भएको छ ।
कांग्रेस र एमालेबीच पालै पालोे सरकारको नेतृत्व लिने अनुरुप पहिले दुई वर्षको लागि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने तथा त्यसपछि अर्को निर्वाचनसम्मको लागि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भइसकेको छ । यस सहमतिका साथै कांग्रेस र एमाले एक भई दुई तिहाई बहुमतबाट संविधान संशोधन गर्ने सहमति पनि भएको छ । दुई ठूला पार्टीबीच नेपालको राजनीतिमा मात्र दुई दल हुनुपर्ने संयुक्त विचारलाई पूर्णता दिन यसरी संविधान संशोधन गर्ने सहमति दुई ठूला दलका शीर्ष नेताहरुबीच सहमत भएको हो । एमालेभित्र उक्त पार्टीका महासचिव शंकर पोखरेलले केही दिनअघि मात्र नेपालमा दुई दल मात्र हुनुपर्ने विचार सार्वजनिक गरेका थिए भने यही क्रममा कांग्रेसभित्र पनि नेता शेखर कोइरालाले यसरी नै दुई दल सिष्टमको गणतन्त्र हुनुपर्ने विचार सार्वजनिक गरेको थियो । अब ती विचारहरुलाई पूर्णता दिनको लागि निर्वाचन प्रणाली परिवर्तन गर्न लागिएको छ भने उक्त कार्यको जिम्मा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई दिइसकेको छ ।
दुई पार्टी सिष्टम गर्नको लागि सर्वप्रथम केन्द्रीय सरकार एवं प्रदेश सरकारमा हाल प्रचलित समानुपातिक व्यवस्था खारेज गर्नका लागि संविधान संशोधन गर्ने तयारी गरेको छ भने केन्द्रीय सरकारमा राष्ट्रिय सभालाई नै समानुपातिक सभा अनुसार लैजाने र प्रदेश
सरकारमा समानुपातिक व्यवस्था पूर्ण रुपमा खारेज गर्ने वित्तिकै स–साना दलहरु सत्तामा पुग्ने बाटो बन्द गर्न लागेको छ । यसरी नै विभिन्न जन जातिहरुको आयोग पनि
खारेज गर्ने तयारी कांग्रेस–एमालेको सरकार गठन हुने वित्तिकै गर्ने तयारी गरेको छ । मधेशी, थारु, चेपाङ लगायत विभिन्न आयोगहरु खारेज गरी समावेशी आयोग स्थापना गर्ने तयारी गरेको छ ।
कांग्रेस–एमालेको नयाँ गठबन्धन सरकार गठन गर्नका लागि धेरैजसो दबाब भारतबाट दिइरहेको चर्चा पनि राजनीतिक विश्लेषकहरुको ठहर रहेको
छ । तर, चीनबाट गठन हुन लागेको कांग्रेस–एमालेको नयाँ सरकारलाई कुन रुपमा समर्थन गर्छ भन्ने विषयमा मध्यनजर गर्दै एमालेबाट उक्त पार्टीका नेता विष्णु रिमालको नेतृत्वमा टोली केही दिनअघि नै चीन भ्रमणमा पठाई सकेको छ ।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको विशेष दूतको रुपमा गएका नेता विष्णु रिमालले नेपालको वर्तमान राजनीतिक चित्रणलाई चिनियाँ नेताहरु माँझ प्रस्तुत गरी चीनको पनि समर्थन लिन लागेको रणनीति तयार गरि
रहेको अवस्था छ ।
केपी ओली नेतृत्वको सरकार निर्वाचन प्रणाली समानुपातिक खारेज गर्न रे !!!
