20 C
Kirtipur
Saturday, May 24, 2025

दाङ काठमाण्डौ नेवार समाजको अधिवेशन सम्पन्नसर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन

Must read

दाङ काठमाण्डौं नेवार समाजको तेस्रो, चौथो, पाँचौ र छैठौं संयुक्त बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन असार १ गते काठमाण्डौमा समाजका अध्यक्ष भेषराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । नेवाः देय् दबूका अध्यक्ष पबित्र बज्राचार्यको प्रमुख आतिथ्यता र सर्बोच्च अदालतका पुर्व न्यायाधीश बम कुमार श्रेष्ठ, नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्णम महर्जनको बिशिष्ट आतिथ्यमा सञ्चालन भएको उक्त अधिबेशनमा नेवाः समुदायका अन्य अग्रज व्यक्तिहरुको पनि बिशिष्ट आथित्यता रहेको थियो । समाजका दिवंत हुनुभएका कोषाध्यक्ष स्व। रुद्र कुमार राजभण्डारी र सदस्य राजलक्ष्मी श्रेष्ठको स्मरणमा एक मिनेट मौनधारण गरी शुरु गरिएको उक्त कार्यक्रममा उपस्थित सबै अतिथि तथा समाजका सदस्यहरुलाई सह सचिव श्रीमति अनुराधा जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष निर्मला श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रमा बार्षिक प्रगति प्रतिबेदन सचिव दीर्घ नारायण श्रेष्ठले प्रस्तुत गर्दै समाजले प्रत्येक बर्ष गर्दै आएको कार्यहरु जस्तै रक्तदान कार्यक्रमको आयोजना, दाङ तथा काठमाण्डौमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण, सामुहिक म्ह पुजा तथा नेपाल सम्बत मनाउने कार्यक्रम, कोभिड – १९ को लकडाउनको समयमा अलपत्र परेका बटुवा तथा निम्नबर्गका व्यक्तिहरुको भोजनको लागि गरिएको सहयोग आदिको बारेमा प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रममा विभिन्न सामाजिक कार्यमा सहयोग पु¥याउनुभएका पुर्व कोषाध्यक्ष स्व। रुद्र कुमार राजभण्डारीलाई मरणोपरान्त, संस्कृतिविद गणेश राम लाछी, नेवाः गुरु हरिशरण उपाध्याय, नेवाः देय् दबू दाङका अध्यक्ष बिनोद कुमार श्रेष्ठ, विश्व कीर्तिमान राख्न सफल भएका संगीतकार सन्तोष श्रेष्ठ, र ज्येष्ठ नागरिक बिष्णु प्रसाद श्रेष्ठलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । साथै प्रयागराज श्रेष्ठ, कृष्ण नारायण जोशी र इश्वरी आचार्यलाई उहाँहरुले यस समाजलाइ पु¥याउनुभएको योगदानको लागि प्रशंसापत्र प्रदान गरिएको थियो । यसैगरी समाजमा आबद्ध हुनुभएका नया आजीवन सदस्य र सदस्यहरुलाइ प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
अधिबेशनको सफलताको कामना गर्दै प्रमुख अतिथि पवित्र बज्राचार्य, बिशिष्ट अतिथिहरु सर्बोच्च अदालतका पुर्व न्यायाधीश माननीय बम कुमार श्रेष्ठ, नेवाः देय् दबू स्वनिवाः बिशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, संस्कृतिविद गणेश राम लाछी, नेवाः गुरु हरिशरण उपाध्याय, नेवाः देय् दबू दाङका अध्यक्ष बिनोद कुमार श्रेष्ठ, नेवाः एकता नागरिक समाज, ललितपुरका उपाध्यक्ष नरेश मान सिंह, दबुली नेपालका अध्यक्ष ई। सन्तोष प्रजापति र प्युठान—काठमाण्डौ नेवार समाजका अध्यक्ष रुद्र कुमार श्रेष्ठले नेपालभाषा तथा संस्कृतिको सम्बद्र्धन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
उक्त कार्यक्रममा सल्लाहकार श्रीमति राजकुमारी श्रेष्ठबाट कक्षा ३ मा अध्ययनरत बिद्यार्थी श्री बिशाल श्रेष्ठलाई रु ५,००० को श्याम राजकुमारी श्रेष्ठ छात्रबृत्ति प्रदान गर्नुभएको थियो ।
सो अधिबेशनले दीर्घ नारायण श्रेष्ठको अध्यक्षतामा २ बर्षको लागि सर्बसम्मत रुपमा नया कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा शिब कुमार श्रेष्ठ, सचिवमा अनुराधा जोशी, कोषाध्यक्षमा निर्मला श्रेष्ठ, सहसचिवमा प्रकाश चन्द्र श्रेष्ठ र सदस्यहरुमा कोशेली श्रेष्ठ, सम्झना श्रेष्ठ, सन्तोष श्रेष्ठ र सुमन भक्त श्रेष्ठ रहनुभएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article