22.3 C
Kirtipur
Saturday, March 15, 2025

बाइक चोर र स्थानीय प्रशासन

Must read


– ललेन्द्र शाक्य
हाल स्थानीय प्रशासन अर्थात् स्थानीय सरकार कीर्तिपुर नगरपालिकामा नगर प्रहरी पनि स्थापित भइसकेको अवस्था छ । धेरै जसो नगर प्रहरीहरु सडक किनारामा तरकारी बेच्ने व्यापारीहरुमाथि केन्द्रीत भई दिनचर्या गुजारा गरिरहेको हो कि जस्तो देखिरहेका छन् । आखिर भन्नै पर्दा नगर प्रहरीको काम कर्तव्य र दायित्व के हो त ? समग्रमा भन्नु पर्दा नगरको रक्षा, नगरबासीको सुरक्षा नै त हो नि । नगर प्रहरीले कीर्तिपुर र नगरबासीको रक्षा र सुरक्षा गर्न सकोस्, यो नै सम्पूर्ण नगरबासीको शुभकामना ।
हाल कीर्तिपुर नगरभित्र बाइक चोरहरुको बिगबिगी एवं सन्त्रास तथा भयले भरिपूर्ण अवस्था सिर्जना भइ
रहेका छन् । नगरभित्र बाइक चोरहरुलाई नियन्त्रण लिने काम पनि नगर सुरक्षार्थ नगर प्रहरी एवं नेपाल प्रहरीको काम कर्तव्य र दायित्वभित्र अवश्य पनि पर्न आउ“छ नै । किनकि, उहा“हरुले जनता एवं नगरबासीबाटै तलब खाइरहनु भएको छ । यस बाइक चोरीको विषयमा स्थानीय सरकार कीर्तिपुर नगरपालिका, नेपाल प्रहरी, अनि नगरपालिकाद्वारा परिचालित नगर प्रहरीको ध्यान जानु अत्यावश्यक एवं गहन विषय हो ।
हालै जेठ महिना सकिएको छैन, तर जेठ महिनाको हालसम्म आएर कीर्तिपुर नगरपालिका १० वडाको कुसिचा, म्वानटोल, ल्वह“ देगः इत्यादी क्षेत्रबाट चार वटा मोटरसाइकल मोटर बाईक चोरी भइसकेको छन् र ती चोरीका सीसी क्यामेरा फुटेजहरु सामाजिक संजालमा भाइरल पनि भइरहेका छन् । महिना दिनभित्र यसरी चार चार वटा बाईक चोरी भइसकेता पनि स्थानीय सरकार नगरपालिका टुलुटुलु हेरिरहेका छन्, समाधानको बाटो समाउन बेफुर्सदी अवस्थामा तरंगित छन् । अनि सुरक्षा निकाय नेपाल प्रहरी, नगर प्रहरी खै कतातिर धाइरहेका छन्, ? अत्तोपत्तो छैन ।
यस्तो जटिल परिस्थितिमा नेपाल प्रहरी एवं नगर प्रहरी रातभर निरन्तर बस्ती बस्तीमा निगरानीका साथ गस्ती गर्नुपर्ने हालको आवश्यकता र समय परिस्थितिको मागको रुपमा उभिएको छ । यदि गस्ती गर्न नसक्ने र चोरी नियन्त्रण गर्न नसकिने हो भने जनताबाट तलब खाइरहनु पनि नैतिकताले दि“दैन जस्तो लाग्दैन र ? नगर र नगरबासीको रक्षा एवं सुरक्षा नै नेपाल प्रहरी र नगर प्रहरीको पहिलो प्राथमिकता हो । चालौं पाईला ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article