11 C
Kirtipur
Friday, February 7, 2025

गुजय मालाकारको लयमा सांगितिक कार्यक्रम बारे पत्रकार सम्मेलन

Must read


– ललेन्द्र शाक्य
कीर्तिपुर÷आउँदो जेष्ठ ३२ गते शुक्रबार कीर्तिपुर १० वडा, बर्खाहितिमा स्थित के एन एस किचेन ब्यांक्वेटमा हुन गइरहेको इन्द्रेणी सांस्कृतिक समाज (इसास) को आयोजनामा कीर्तिपुरका बरिष्ठ संगीतकार गुजय मालाकारको एकल संगीतमा विभिन्न चर्चित गायक गायिकाहरुको आवाज गुन्जिने सांगितिक कार्यक्रमको प्रचारात्मक पत्रकार सम्मेलन आइतबार के एन एस किचेन ब्यांक्वेटमा भएको छ ।
कीर्तिपुरका कवि एवं पत्रकार राजेन्द्रकुमार महर्जन पुताले संचालन गर्नुभएको उक्त पत्रकार सम्मेलनमा इन्द्रेणी सांस्कृतिक समाज (इसास) कीर्तिपुरका अध्यक्ष एवं बरिष्ठ गायक बीरप्रसाद भन्सारीले उक्त सांगितिक कार्यक्रमको जानकारीका साथ संगीतकार गुज्ये मालाकारको परिचय प्रस्तुत गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा शहीद साप्ताहिकका सम्पादक नारायण महर्जन, नेवाः अनलाइनन्यूजका सम्पादक ललेन्द्र शाक्य, ईलोह“ प्रकाशनका सम्पादक दर्शनबीर शाक्य, नेवाः एफएम १०६.६ का स्टेशन म्यानेजर बीरेन्द्र शाक्य, नेपाः टिभीका निर्देशक रामकृष्ण खड्गी लगायत संचारकर्मीले उक्त सांगितिक कार्यक्रमबारे जिज्ञासा, सुझाब एवं प्रश्न राखेका थिए भने इसास कीर्तिपुरका अध्यक्ष बीरप्रसाद भन्सारीले संचारकर्मीका जिज्ञासालाई उत्तर स्वरुप स्पष्ट पार्नुभएको थियो ।
पत्रकार सम्मेलनमा बरिष्ठ संगीतकार गुज्ये मालाकारले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।
पत्रकार सम्मेलनमा गुज्ये मालाकारको एकल संगीतमा सांगितिक कार्यक्रममा १७ वटा गीत संगीत प्रस्तुत हुने र चर्चित १६ जना गायक गायिकाहरुको सांगितिक प्रस्तुति रहने तथा जनकवि दुर्गालाल श्रेष्ठ, लोककवि राजभाई जकःमि, गीतकार बुद्धिलाल ज्यापु, चण्डेश्वर महर्जन, रामभक्त महर्जन रमझम लगायतका गीत सर्जकहरुको सांगितिक प्रस्तुति हुने जानकारी दिइएको थियो ।
उक्त सांगितिक कार्यक्रममा ९ वटा गीत लाईभ म्यूजिक तथा ८ वडा गीत ट्रायकबाट सांगितिक प्रस्तुति हुने जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको थियो ।
पत्रकार सम्मेलनमा उक्त गुज्ये मालाकारको एकल संगीतमा चर्चित गायक गायिकाहरु जुजुकाजी रंजित, वीरप्रसाद भन्सारी, सत्यनारायण मानन्धर, सतीश महर्जन, मथुरा महर्जन, दीपा महर्जन, रत्नशोभा महर्जन, मीना महर्जन, रानीशोभा महर्जन, रोजी डंगोल श्रेष्ठ, गंगादेवी महर्जन, स्वस्ती महर्जन, वीरमाया महर्जन, मोहनशोभा महर्जन, प्रमिला महर्जन तथा रफेला महर्जनको स्वर गुञ्जिने तथा वाद्यवादकहरुमा तबलामा न्हुच्छे दर्शनधारी, सन्देश महर्जन, प्रवेश महर्जन, प्याड ड्रममा राजेन्द्र महर्जन, कीबोर्डमा कृष्णभक्त महर्जन, बा“सुरीमा स्वर्णिम महर्जन, गीतारमा जवान माली, सरोज तुलाधर, सनीक महर्जनको रहने पनि जानकारी दिइएको थियो ।
उक्त सांगितिक कार्यक्रममा एकल गायनका साथै समूह गायन पनि प्रस्तुत हुने तथा संगीतकार गुज्ये मालाकारको पनि एकल गायनका साथै मालाकारले ४३ वर्ष अगाडि जनकवि दुर्गालाल श्रेष्ठको रचनामा संगीत दिनुभएको एक गीत स्वागत गानको रुपमा प्रस्तुत गरिने जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको थियो ।
आउँदो जेष्ठ ३२ गते शुक्रवार साँझ ४ बजे सुरु हुने उक्त सांगितिक कन्सर्टमा सहभागी हुन रु. एक हजारको टिकटको व्यवस्था गरिएको छ भने कार्यक्रम पश्चात् डिनरको पनि व्यवस्था गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article