नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिले कीर्तिपुर नगरपालिकालाई सुझाव सहित ध्यानाकर्षण पत्र बुझाएको छ । जेठ २५ गते शुक्रवारका दिन नगरापलिकाकको विभिन्न क्षेत्रको विकास निर्माणको सवालमा उक्त सुझाव सहितको ध्यानाकर्षण पत्र कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नगरर्मीलाई बुझाएको हो
नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिका अध्यक्ष नारायण महर्जनले हस्ताक्षर गर्नु भएको सो पत्रमा शिक्षा, स्वाथ्य, संस्कृति एवं सम्पदा, खेलकुद, फोहरमैला, खानेपानी, सडक बाटो, युवा रोजगार, कृषि लगायतको क्षेत्रका सवालमा सुझाव तथा ध्यानाकर्षण गरेको थियो ।
त्रिवि र कीर्तिपुरवासीवीच सहमति अनुसार एमविविएस लगायतमा कोटा कार्यान्वयन गर्नुपर्नें, स्थानीय पाठ्यक्रम नेपालभाषामा सामुदायीक विद्यालयमा मात्र हैन सबै निजि स्कूलमा पनि पठन पाठनकोव्यवस्था गर्नुपर्ने सुझाव दिएको थियो ।
कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र घोषणा भइसकेको अवस्थामा पर्यावरणीय सन्तुलनको लागि काठमाण्डौ उपत्यका साथै कीर्तिपुरमा बाहिरवाट बसाईसराई रोक्नु पर्ने, कुसल खेलाडी उत्पादनका लागि विभिन्न प्रशिक्षण र प्रतियोगिता संचाललन गर्नुपर्ने कुरा पनि उल्लेख छ । फेक्टद्धारा संचालित कीर्तिपुर अस्पतलाको शैक्षिक कार्यक्रममा ५० प्रतिशत स्थानीयवासीलाई कोटा छुट्याउनु पर्ने, फोहर आफ्नै स्थानमा कम्पोष्ट मल बनाई सस्तोमा किसानलाई उपलब्ध गर्नुपर्ने, दुधपोखरी लगायतका मुहानमा खेर गैरहेको पानीलाई संकलन गरी व्यवस्थिति गर्नुपर्ने, विकास निर्माणको सवालमा नगरपालिकाले गुरु योजना बनाउनु पर्ने, कृषि उत्पादनमा प्राथमिकता दिदै कृषिशिक्षको कक्षा संचालन र तालिमा प्रदान गर्नुपर्ने, सहकारीमा देखापरेको बचतकर्ताको समस्या समाधानका लागि पहल गर्नुपर्ने लगायतका बुँदाहरु उल्लेख गरेका छन् ।
कीर्तिपुर नगरपालिकामा नेमकिपाको ध्यानाकर्षण पत्र
