22.3 C
Kirtipur
Saturday, March 15, 2025

८ बुँदे घोषणा पत्र जारी गर्दै पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

Must read

नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा जेठ १९ र २० गते दुई दिने पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ । नेपालभाषावाट पत्रकारिता शुरु भएको १०० बर्ष पुगेको उपलक्ष्यमा आयोजित उक्त मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न पछि २० गते नै ८ बुँदे घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा यस्तो उल्लेख गरिएको छः १) नेपालमा पहिलो पटक मातृभाषा पत्रकारिता शुरु गर्नु भएका पत्रकार धर्मादित्य धर्माचार्यको जन्मदिनलाई ‘अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता दिवस’ घोषणा गर्नुपर्ने । २) मातृभाषा, मातृभाषाको सम्पदा, लोप हुन लागेका भाषाको संरक्षण, आदिवासी ज्ञानको संरक्षण, सीप र प्रविधिको रक्षा गर्नका लागि मातृभाषा पत्रकारिताको प्रवद्र्धन गर्नु पर्दछ । ३) आफ्नो मातृभाषाबाट सुना लिन सक्ने र अभिब्यक्ति गर्न पाउने अधिकारको सुरक्षा गर्नका लागि मातृभाषा पत्रकारिताको प्रवद्र्धन गर्ने । ४) विश्वभरीका मानिसहरुको वीचमा मैत्रीपर्ण सम्पर्क कायम गर्न र विश्वमा शान्ति, मैत्री स्थापना गर्नका लागि मातृभाषा पत्रकारितालाई अगाडी बढाउनु पर्दछ । ५) मातृभाषा पत्रकारिता र सञ्चार माध्यमलाई राज्यबाट आवश्यक संरक्षण दिनु पर्दछ । ६) मातृभाषा पत्रकारिताको प्रवद्र्धन गर्नका लागि मातृभाषा पत्रकारिता सम्वन्धी तालिम संचालन गर्नु पर्दछ । ७) मातृभाषा पत्रकारिता सम्बन्धी कार्यक्रम संचालन गर्नका लागि आर्थिक सहयोगका साथै पत्रकारिता गर्नु भएका पत्रकारहरुलाई आर्थिक सहयोग गर्नु पर्दछ । ८) अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता दिवस विभिन्न देशका प्रान्तहरुमा पनि गर्दे जाने । सम्मेलनको पहिलो दिन शनिवार जेठ १९ गते पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको थियो । उक्त समारोहमा पुर्व राष्ट्रपति भण्डारीले स्थानीय पाठ्यक्रम मातृभाषा नेपालभाषामा पहिलो पटक पठन पाठन गर्नु भएका साथै नेपालमा भएका दुईवटा राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनका लागि सहयोग गर्नु भएका काठमाण्डौ महानगरपालिकाका पुर्व मेयर विद्यासुन्दर शाक्य र आफ्नो मातृभाषा नेपालभाषामा तीन दशकदेखी पत्रकारिता गर्दै हाल अनलाईन, रेडियो, टेलिभिजन र छापा पत्रकारिता पनि मातृभाषाबाट गर्दै आएका नेवाः पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जनलाई सम्मान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा पुर्व राष्ट्रपति भण्डारीले भाषा आयोगमा सदस्य पदमा नियुक्ति हुन भएका सुरेश किरण मानन्धर र गुथि विधेक मस्यौदा तयारी समितिका संयोजकको रुपमा नियुक्ति हुनु भएका गुथि संस्थानका प्रमुख प्रशासक किरण शाक्यलाई शुभकामना पत्र प्रदान गर्नु भएको थियो । दोस्रो दिन जेठ २० गते प्रमुख अतिथिको रुपमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजि श्रेष्ठ कार्यक्रममा सहभागी हुनु भएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article