आज जेठ १८ गते शुक्रवाःदेखि कालो दिनको रुपमा मनाउने काम भएन । बरु जेठ १८ गतेको दिनलाई स्थानीय भाषा ऐन निर्माण अभियान दिनको रुपमा मनाएको छ । २०५६ सालदेखि जेठ १८ लाई कालो दिनमको रुपमा मनाउदै आएको थियो । करिव २४ बर्ष सम्म कालो दिनको रुपमा मनाएपछि यस बर्ष भने स्थानीय भाषा ऐन निर्माण अभियान दिको रुपमा मनाएको हो । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितियको विशेष अनुरोधमा भक्तपुर जिल्लाको मध्यपुर थिमिमा नेवाः देय् दबू मध्यपुर थिमि नगर समितिको आयोजनामा थिमिमा स्थानीय भाषा ऐन निर्माण दिनको रुपमा मनाउदै स्थानीय भाषा ऐन बनाउने बारे छलफल कार्यक्रम भयो ।
आज भन्दा ६ महिना अधि बागमती प्रदेश संसदवाट सर्वसम्मत रुपमा भाषा ऐन पारित गरेपछि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको तोखामा भएको पूर्ण बैठकले नै जेठ १८ लाई कालो दिनको रुपमा मनाउनु नपेर्न ठहर गर्दै अवका दिनका स्थानीय भाषा ऐन निर्माण अभिायन संचालन गर्नुपर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार मध्यपुर थिमिमा शुक्रवार उक्त कार्यक्रम गरेको हो ।
थिमिमका शुक्रवार भएको उक्त भेलामा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले बागमती प्रदेश भाषा ऐन निर्माण गर्नका लागि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समिति, बागमती प्रदेश समिति, नेपाल तामाङ धेदुङ बागमती प्रदेश समिति साथै जिल्ला समिति र नगर समितिहरुले संघर्ष, अभियान र दबाव संचालन गरेकै कारणले सर्वसम्मत रुपमा भाषा विधेयक पारित भई ऐनको रुपमा प्रकाशित भएको र हाल कार्यान्वयनको चरणमा रहेको बताउदै अवकाृु दिनमा स्थानीय भाषा ऐन निर्माण गरि जानुपर्ने बताउनु भयो । साथै उहाँले कार्यक्रममका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठलाई स्थानीय भाषा ऐनको मस्यौदा समेत हस्तान्तरण गर्नु भएको थियो । प्रमुख अािथति उपमेयर श्रेष्ठले स्थानीय भाषा ऐन निर्माण गर्नका लागि आफू तयार रहेको बताउनु भयो । कार्यक्रम नेवाः देय् दबू मध्यपुर थिमि नगर समितिका अध्यक्ष ज्ञानदेव श्रेष्ठको सभापतित्वमा भएको थियो ।

