21 C
Kirtipur
Saturday, September 14, 2024

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

Must read

काठमाडौँ, १२ चैत: नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ ।

आयरल्याण्डले जितका लागि दिएको एक सय २२ रनको चुनौतीलाई नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा कुशल भुर्तेलले ३२ बल खेल्दै चार चौकाको सहयोगमा  ३७ रन बनाए

त्यसैगरी सन्दिप जोराले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन बनाए भने आसिफ शेखले ११ बलमा दुई चौका र एक छक्काको सहायताले १६ रन जोडे । गुल्सन झाले ४ रन बनाए । 

बलिङतर्फ आयरल्याण्डका ग्यारेथ डीलेनीले दुई विकेट लिए भने बेन व्हाइट र थोमस माएसले समान एक÷ एक विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय २१ रनको योगफल बनाएको थियो । 

 आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए । त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६÷१६ रन जोडे । त्यस्तै फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुई ÷दुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एक ÷एक विकेट लिए । नेपालले आइरल्याण्डको ए विरुद्धको भोलि दोस्रो खेल खेल्नेछ । 

तस्बिर : क्यान

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article