20.6 C
Kirtipur
Thursday, June 20, 2024

मदन–आश्रित स्मृतिमा फुटबल प्रतियोगिता

Must read

प्रथम मदन–आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा काठमाडौँको मनमैजुस्थित मैदानमा हुने प्रतियोगिता यही जेठ ८ गतेसम्म हुनेछ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतियोगिताको शुभारम्भ गर्दै नेपालको कम्युनिष्ट सिद्धान्तलाई मौलिक बनाएर त्यसलाई लोकप्रिय बनाउन जननेता मदनको योगदान अतुलनीय रहेको बताउनुभयो । 

पार्टी उपाध्यक्ष प्रमेश हमाल, पोलिटब्यूरो सदस्य दिलु पन्तलगायतले नेपाली राजनीतिमा मदन आश्रितको आदर्श, निष्ठा र सङ्घर्ष सबैका लागि अनुकरणीय रहेको चर्चा गर्नुभयो । प्रतियोगितामा ८० टोलीको सहभागिता छ । प्रतियोगिता बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागिताका लागि एक टोलीलाई रु पाँच हजार दर्ता शुल्क राखिएको छ ।

प्रतियोगितामा विजेता टोलीलाई रु तीन लाख, उपविजेतालाई दुई लाख र तेस्रो हुने टोली एक लाख रुपैयाँबाट पुरस्कृत गरिनेछ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो। 
- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article