18 C
Kirtipur
Friday, April 19, 2024
- Advertisement -spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट बाहिरिने निर्णय

Must read

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकले सो निर्णय गरेको हो

गृह मन्त्रालय नपाउने भएपछि आज बसेको पार्टी बैठकले सो निर्णय गरेको एक नेताले नेपालखबरलाई जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको रास्वपाभित्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे मतभेद देखिएको थियो। सोही विषयमा छलफल गर्नका लागि शनिबार राति अबेरसम्म बैठक बसेको थियो।

त्यसपछि आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। यसबारे आधिकारिक जानकारी दिनका लागि सभापति रवि लामिछानेले केहीबेरमा विशेष पत्रकार सम्मेलन गर्दैछन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article