काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध
नाईट्राभेट ६ सय ११ ट्याबलेट र कोरेक्स ४७ बोतल सहित सुनसरी कोशी गाउँपालिका-६
घर भएका १८ वर्षीय किशोरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध
नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२-
०३-००१ ख १०१० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त
लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।