8 C
Kirtipur
Friday, February 7, 2025

त्रिवि सेवा आयोगमा १०४ पदको लिखित परीक्षामा सम्पूर्ण परीक्षार्थी अनुतीर्ण !

Must read

प्रशासनिक तथा प्राविधिकतर्फको १०४ पदको परीक्षामा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा सम्पूर्ण परीक्षार्थीहरु अनुतीर्ण भएका छन् । त्रिवि सेवा आयोगले सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुल्लातर्फको परीक्षामा सम्पूर्ण परीक्षार्थीहरु अनुतीर्ण भएका हुन् । त्रिवि सेवा आयोगले उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जनाले लिखित परीक्षा दिएका थिए भने शाखा अधिकृतमा ४० पदका लागि ५४२ जना, मुख्य कार्यालय सहायकमा ४३ पदका लागि ७७७, आर्थिक उपनियन्त्रकमा दुई पदका लागि ३, लेखा अधिकृत १५ पदका लागि १२९ ले परीक्षा दिएका थिए । तर ती पदमा कोही पनि परीक्षार्थी उतीर्ण भएनन् । सेवा आयोगले लिएको उक्त परीक्षामा मर्यादा विपरीत गतिविधि गर्ने १३८ जनाको परीक्षा रद्द गरिएको पनि आयोगले जनाएको छ । तर, लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा भने परीक्षार्थी उतीर्ण भएका छन् । गएको २०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ देखि फागुन २७ सम्म त्रिवि सेवा आयोगले लिएको प्रशासनिक तथा प्राविधिक पदहरुको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा उतीर्ण परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता आउँदो असार २८ गते त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा बिहान ११ बजे हुने त्रिवि सेवा आयोगले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article