19 C
Kirtipur
Wednesday, November 19, 2025

आफ्नै नेतृत्वमा दल खोल्ने अन्तिम गृहकार्यमा कुलमान घिसिङ

Must read

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारमा तीन वटा महत्वपूर्ण मन्त्रालय सम्हालेका कुलमान घिसिङ २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनेगरि तयारीमा जुटेका छन् । त्यसको लागि कुलमानले आफ्नै नेतृत्वमा नयाँ दल खोल्ने गृहकार्य गरेको चर्चा छ । कुलमान घिसिङ चुनाव लड्नेबारे हालै सम्पादकहरुसँगको प्रधानमन्त्रीको अन्तरक्रियामा पनि कुरा उठेको थियो । प्रधानमन्त्री कार्कीले आफ्नो सरकारमा सहभागी कोही पनि मन्त्रीहरु चुनाव नलड्ने दाबी गरेकी छिन् । प्रधानमन्त्रीले यस्तो दाबी गरिरहँदा छलफलमा सँगै रहेका कुलमानबारे भने प्रधानमन्त्रीले चुनाव लड्ने कुरा सुनेको भनेकी थिईन् । लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले कुलमानको नाम लिएर के छ तयारी भनेर सोधेकी थिईन् । प्रधानमन्त्रीले चासो राख्दा कुलमानले भने कुनै प्रतिक्रिया दिएका थिएनन् । यो अन्तरिम सरकार बन्नुअघि कुलमान आफ्नै नेतृत्वमा दल बनाउनेगरि गृहकार्यमा थिए । उनी अमेरिका, युरोपलगायतका देशको भ्रमणमा समेत गएका थिए । कुलमानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुसँग पनि निरन्तर छलफल गरिराखेको बताईन्छ । यता, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँगपनि कुलमान घिसिङले निरन्तर छलफल गरेका छन् । बालेनको साथ लिनेगरि कुलमान आफ्नै नेतृत्वमा दल खोल्ने तयारीमा जुटेका हुन् । कुलमान आज÷भोलिभित्रै दल दर्ता गर्नेगरि छलफलमा छन् । आफ्नै नेतृत्वमा दल खोल्दा उनी अहिलेको मन्त्रीको जिम्मेवारीबाट अलग हुने बताईएको छ । अहिले कुलमान घिसिङले उर्जा, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व सम्हाल्दै आइरहेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article