13.9 C
Kirtipur
Monday, January 19, 2026

३३ औं सहिद दिवसमा घाइतेहरुलाई सम्मान

Must read


चैत्र २०
सहिद स्मृमि व्यवस्थापन समिति कीर्तिपुरको आयोजनामा आज चैत्र २० गते बुधवारको दिनमा कीर्तिपुर नगरमा ३३ औं सहिद दिवस सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिकासंग सहकार्य गरि सहिद दिवस आयोजना गरेको हो । ्
२०४६ सालको जनआन्दोलनको क्रममा चैत्र २० गते कीर्तिपुरमा लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जन सहिद भएका थिए । यी चार सहिदको सम्झनामा प्रत्येक बर्ष सहिद दिवस मनाउदै आएको हो । सहिद दिवसको कार्यक्रममा विभिन्न संघ संस्था, स्कुल, कलजका विद्यार्थी गरि हजारौंको संख्यामा सहभागिता थियो । कीर्तिपुरको खासी बजारस्थित सहिदहरुको प्रतिमामा माल्यार्पण गर्दै दिवस सुरु भएको् हो । यसपालिको सहिद दिवसको मनाउने क्रममा २०४६ सालको जन आन्दोलनको क्रममा घाइते भएकाहरुलाई सम्मान समेत गरेको थियो । २०४६ सालको जनआन्दोलनमा घाइतेहनुेहरु दिलकुमार श्रेष्ठ, गोविन्द महजृन, मचाभाई महर्जन, हिराबहादुर महर्जन, राजु रञ्जीत, राजमान महर्जन, नारायणभक्त महर्जन, रायमान शाक्य, रामशरण महर्जन, जुजुकाजि महर्जन, नरेन्द्र महर्जन, बालप्रसाद महर्जन, इश्वरमान महर्जन, चन्द्रबहादुर महर्जन, राजमान महर्जन, सिद्धि बहादुर महर्जन, भुवन तण्डुकार, केपी महर्जन, ज्ञानेन्द्र महर्जन, राजु महर्जन लगायत रहेका छन् ।
त्यसैगरि सहिद दिवसको उपलक्ष्यमा चैत्र २० गते नै सहिद स्मारक कलेजको आयोजनामा अमल्सी मन्दः फल्चामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । युवा खेलकुद समूहको अयोजनामा चैत्र २३ गतेदेखि ३० गते सम्म पाँगामा ब्याडमिन्टन कोर्टमा १६ औं सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सहिद दिवसकै उपलक्ष्यमा इसाले चैत्र २३ गते पाँगा लाछिमा सहिद सांस्कृतिक श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article