19 C
Kirtipur
Wednesday, November 19, 2025

कीर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मीको अन्तिम दाहसंस्कार सम्पन्न

Must read


– ललेन्द्र शाक्य
बिहिबार राती १०ः३० बजे वीर अस्पतालमा निधन भएका कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको अन्तिम दाहसंस्कार कीर्तिपुर ३ वडास्थित दीखुमसानघाटमा सम्पन्न भएको छ ।
अन्तिम दाहसंस्कारको क्रममा दिवंगत मेयर राजकुमार नकर्मीको पार्थिव शरीर नकर्मी समुदायको गुथिको परम्परा अनुसार पूजाविधि गरी अन्तिम दाहसंस्कार गरिएको थियो भने दिवंगत नकर्मीका पुत्र राहुल नकर्मीले दिउँसोको करिब १ः३० बजे दागबत्ती दिएका हुन् ।
कीर्तिपुरका दिवंगत मेयर राजकुमार नकर्मीका पिता राजमान नकर्मी पहिले नै निधन भएका थिए भने आमा लक्ष्मी नकर्मी केही महिना अघि मात्र निधन भएका हुन् । मेयर नकर्मीले आमा दिवंगत हुनुभएकोले बर्खीबारिरहनु भएको थियो भने बर्खी अवस्थामैं मेयर नकर्मीको निधन भएको थियो ।
वि.सं. २०२१सालमा कीर्तिपुरको खासिबजारमा जन्मनु भएका राजकुमार नकर्मीका जहान जमुना नकर्मीका साथ छोरी राज्ञी नकर्मीर छोरा राहुल नकर्मीसंगै चार जना भाईहरु छन् ।
मिर्गौंला रोगबाट पीडित नकर्मी ६० बर्षको उमेरमा निधन भएको थियो ।
मेयर नकर्मी दिवंगत हुनुभएकोले आज शुक्रबार कीर्तिपुर नगरपालिकाभर शोक विदा दिइएको कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले विज्ञप्ति सार्वजनिक गरी जानकारी दिएको थियो ।
कीर्तिपुरका मेयर राजकुमार नकर्मी अस्वस्थ भएका कारण गएको श्रावण १ गते कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य सुनितालाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका हुन् भने मेयर नकर्मी श्रावण २ गते अस्पताल भर्ना हुनुभएको थियो ।
दिवंगत मेयर राजकुमार नकर्मीलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, संघीय सांसद राजेन्द्रकुमार केसी, बागमती प्रदेश सांसद पुकार महर्जनका साथै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा उपप्रमुख सुनिता डंगोल, दक्षिणकाली नगरपालिकाका बसन्ती डंगोल तामाङ लगायत व्यक्तित्वहरुले अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
यस्तै, दिवंगत मेयर नकर्मीलाई कीर्तिपुरका स्थानीय बासिन्दा, कीर्तिपुर नगरभित्रका विभिन्न स्कूल कलेजका गुरुवर्ग र विद्यार्थीहरु, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु एवं नगरपालिकाका कर्मचारीहरुले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article