19 C
Kirtipur
Wednesday, November 19, 2025

फिफा विश्वकपमा अब १०४ खेल

Must read

एजेन्सी  । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलमा कुल एक सय चार (१०४) खेल हुने भएको छ । रुवान्डामा जारी विश्व फुटबल महासङ्घ (फिफा)को ७३औं कंग्रेसले अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको समूहको  फर्म्याट परिवर्तन गरेको हो ।

आगामी विश्वकपमा ४८ देशको सहभागिता पक्का भइसकेको छ । सहभागी देश बढेसँगै फिफाले खेल सङ्ख्या पनि बढाएर १०४ पुर्‍याइएको हो । यसअघि विश्वकपमा ३२ टोली र कुल ६४ खेल हुँदै आएको थियो । यसअघि फिफाले ४८ टोलीलाई १६ समूह बनाउने तयारी गरेको थियो ।

नयाँ  फर्म्याट अुनसार सहभागी ४८ टोलीलाई १२ समूहमा प्रतिस्पर्धा गराइनेछ । प्रत्येक समूहका शीर्ष दुई र उत्कृष्ट आठवटा तेस्रो टोली दोस्रो (३२) मा प्रवेश गर्नेछन् । फिफाले प्रत्यके टोलीलाई कम्तीमा तीन खेल खेलाउन फर्म्याट परिवर्तन गरिएको जनाएको छ । यसअघि फाइनल पुग्ने टोलीले सात खेल खेल्दै आएकोमा अब आठ खेल खेल्नुपर्नेछ । 

फिफाले विश्वकपमा सहभागी सङ्ख्या बढाएसँगै युरोपबाट १६, एसियाबाट आठ, अफ्रिकाबाट नौ, उत्तर अमेरिकाबाट ६, दक्षिण अमेरिकाबाट ६, ओसियानाबाट एक तथा युरोपबाहेक अन्य क्षेत्रबाट दुई वटा कोटा प्लेअफबाट छनोट हुने प्रावधान राखेको छ । आगामी विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोका विभिन्न १६ शहरमा हुनेछ । 

यसैबीच फिफा कंग्रेसमा सन् २०३० को फिफा विश्वकप फुटबल आयोजनाका लागि स्पेन र पोर्चुगलले दाबी पेश गरेको छ । स्पेन र पोर्चुगलसँगै अफ्रिकी राष्ट्र मोरक्कोले पनि सहआयोजकको दाबी गरेको छ ।

यसअघि सन् २०३० को विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा दाबी गर्दै आएका छन् । फिफाले यसको निर्णय भने गरिसकेको छैन ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article