19 C
Kirtipur
Wednesday, November 19, 2025

रुस–युक्रेन युद्ध चलिरहँदा दक्षिण कोरियाले अरबौं डलर बराबरको हतियार बिक्री

Must read

काठमाडौं । रुस–युक्रेन युद्ध चलिरहँदा दक्षिण कोरियाले अरबौं डलर बराबरको हतियार बिक्री गरेको छ । युद्धमा प्रत्यक्ष संलग्न नभई पनि कोरियाले अरबौं डलरको हतियार निर्यात गरेको हो । ‘कोरिया इन्स्टिच्युट फर इन्डस्ट्रियल इकोनोमिक्स एन्ड ट्रेड’ का अनुसार सन् २०२२ मा दक्षिण कोरियो १७.३ अर्ब डलर बराबरको हतियार निर्यात गरेको छ । जुन सन् २०२१ को भन्दा १४०% ले धेरै हो । कोरियाकोे हतियार निर्यातमा लडाकु विमान, स्वचालित हाविट्जर, ट्यांक र मल्टिपल रकेट लन्चरहरु समावेश रहेको छ ।

कोरियाले युक्रेनलाई प्रत्यक्ष रुपमा हतियार आपूर्ति नगरेपनि सहयोगी राष्ट्रहरुलाई भने हतियार दिइरहेको छ । कोरियाले सुरुदेखि नै रुसको विरुद्धमा रहेको पोल्याण्डलाई १२.४ अर्ब डलरको हतियार उपलब्ध गराएको छ । यस्तै, अर्को नेटो सदस्य राष्ट्र रोमेनिया पनि कोरियाबाट हतियार खरिद गर्ने तयारीमा रहेको छ । हतियार निर्यातमा देखिएको उच्च वृद्धि कोरियाली राष्ट्रपति युन सुक योलको दृष्टिकोण अनुरूप नै रहेको छ ।

राष्ट्रपति युन सुक योलले कोरियालाई सन् २०२७ सम्ममा विश्वको चौथो ठूलो हतियार निर्यातकर्ता बनाउने संकल्प गरेका छन् । सोही अनुरुप कोरियाको हतियार निर्यातमा पनि वृद्धि देखिएको हो । स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार, २०१७ र २०२१ को बीचमा विश्वका शीर्ष २५ हतियार निर्यातकर्ता देशहरुमध्ये दक्षिण कोरियाको निर्यात वृद्धिदर सबैभन्दा तीब्र देखिएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article