12 C
Kirtipur
Sunday, February 5, 2023
- Advertisement -spot_img

कचहरि नाटक ‘अभिप्सा’ प्रदर्शनको तयारीमा

Must read

काठमाडौं । कचहरि नाटक ‘अभिप्सा’ प्रदर्शनको तयारीमा रहेको छ । ओरेक नेपालको सहकार्यमा दृश्य सादृश्यले महिला हिंसा विरूद्ध महिला माथि हुने हिंसालाई कचहरी नाटक ‘अभिप्सा’ मार्फत प्रस्तुत गर्न लागेको हो ।

नाटकमा ‘अभिप्सा’ कक्षा ७ मा पढ्ने राम्री जेहेन्दार तथा मिहिनेती विद्यार्थी रहेकी हुन्छ । ऊ माथि उसको स्कुलले पनि ठूलो आशा भरोसा गरेको हुन्छ । उनको घरबाट स्कुल टाढा रहेको हुन्छ । उनलाई स्कुल जादाँ र घर फर्कने क्रममा बाटोमा केटाहरूले जिस्काउने तथा प्रेम पत्र दिन हानथाप गर्छन् । त्यसैबेला उनलाई गाउँकी एउटी महिलाले देखेकी हुन्छ ।

ती महिलाले अभिप्साको आमाबुबालाई उक्त कुरा सुनाइदिन्छिन् र अभिप्साको विवाहको कुरा घरमा चल्न थाल्दछ । अन्ततः उसको पढाइ बिचमै छुट्छ र उनको सानो उमेरमा नै बाल विवाह हुन्छ । उनलाई उसको श्रीमानले पढाइदिने समेत आश देखाइएको हुन्छ तर, उनलाई उसकै श्रीमानले विदेश लगेर बेचिदिन्छ र उनले विदेशमा निकै दुःख पाउछे । ऊ माथि परपुरूषहरूले यौन शौषण गर्छन् । केही दिन पछि अभिप्साको बुबा आमाले छोरीको हालखबर बुझ्न सामाजिक सञ्जालमा सम्पर्क गरेका हुन्छन् । त्यहिँ कल मार्फत् अभित्सा आफू सामु नरहेको अभिप्साको पतिले बताउछन् र उसका बुबाआमा भावविह्वल हुन्छन् । एकदिन उसले आफ्नो मनका सबै कुरा सामाजिक सञ्जाल फेसबुकमा राख्छिन् ।

उसको कुरा सबैतिर चर्चामा, भाइरल हुन्छ । त्यो भिडियो उसको दाईले देख्छ र आफ्नो परिवारलाई बताउँछ र उसले आफ्नो बहिनीलाई विभिन्न संस्थाहरूको साथ सहयोगमा अभित्साको उद्धार गर्दछ । जब अभित्सा विदेशबाट आफ्नो परिवारको हार गुहार बाट गाउँ फर्किन्छ तब उनलाई उसको समाजले स्विकार्दैन । उसलाई समाजले विरोध गर्छ र उसको दाजुले बहिनी अभिप्सालाई आफ्नो गाउँ ठाउँ र परिवारमा स्थापित गराउन संघर्ष गर्ने कुरा कचहरी नाटक अभित्साले देखाउन खोजेको छ । नाटकले हाम्रो समाज, गाउँ, ठाउँ र परिवार भित्रै हुने हिंसाका विभिन्न किस्साहरू देखाएको छ । नाटक आफैमा स-शक्त हुन्छ ।

यस नाटकका पात्रहरूले पनि स-शक्त भुमिका निभाएका छन् । उक्त नाटकका लेखक सालिक भण्डारीका अनुसार,”कचहरी नाटक अभिप्सा सामाजिक विषयवस्तुमा आधारीत हाम्रै समाजको कथा विषयबस्तु रहेको बताउनुभयो । उहाँले हामीले देखेका भोगेका कथा नै नाटकमा प्रस्तुत गरिएको बताउनुभयो ।” नाटकका निर्देशक सरस्वती अधिकारीले,”अभिप्सालाई काठमाडौंका विभिन्न विद्यालयहरूमा देखाइने बताउनुभयो । उहाँले महिला भएकै आधारमा महिलामाथि हुने विभेदलाई नाटकले देखाउन खोजेको समेत बताउनुभयो ।” उक्त नाटकको लेखन सालिक भण्डारीको रहेको छ भने, नाटकलाई सरस्वती अधिकारीले निर्देशन गर्नुभएको हो ।

नाटकमा सुवास सुवेदी, सुशील सिंह ठकुरी, सगुन पोख्रेल, शान्ति भट्टराई, सरस्वती अधिकारी, अस्मिता ढकाल, कुलदीप अधिकारी, राजकुमार धामी , उन्नत भट्टराई लगायतका कलाकारहरूको भुमिका रहेको छन् । नाटक लगभग ४० मिनेट देखि ४५ मिनेटको रहेको छ । नाटकलाई बुढानिलकण्ठ नगरपालिका अन्तरगतका विभिन्न ठाउँहरूमा देखाउने तयारी रहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article