18 C
Kirtipur
Tuesday, November 29, 2022
- Advertisement -spot_img

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित

Must read

 तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन्।   

पौडेलले निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानालाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका हुन्।

पौडेलले २५ हजार ३ सय १८ मत प्राप्त गर्दा एकबहादुरले १९ हजार ९ सय ४३ मत ल्याएका छन्।  साे क्षेत्रमा पाैडलविरुद्ध कांग्रेसकै पूर्वसहमहामन्त्री गोविन्दराज जाेशीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

जोशीको पक्षमा ६ हजार ८ सय ७८ मत खसेको छ।    राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३० र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले २ हजार ४ सय ८७ मत पाएका छन्।

१ लाख २३ हजार ९० मतदाता रहेको यो क्षेत्रमा ६८ हजार १ सय ५८ मत खसेको थियो।   तनहुँ  क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिँदै मतदाता । तस्बिरः रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest article