15 C
Kirtipur
Tuesday, November 29, 2022
- Advertisement -spot_img

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका महासचिवले चुनाव हारे

Must read

काठमाडौं। दुई प्रमुख कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका महासचिवले चुनाव हारेका छन् । एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट पराजित भएका छन् भने माओवादी केन्द्रका महासचिव देव गुरुङ लमजुङमा पराजित भएका छन् ।

दाङ- २ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए । रेखाले २६ हजार ८७७ मत ल्याएर एमाले महासचिव पोखरेललाई पराजित गरिन् । महासचिव पोखरेलले २६ हजार ६८० मत पाउँदा १९७ मतान्तरले पराजित भए ।

यस्तै लमजुङमा माओवादी केन्द्रका महासचिव देव गुरुङ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भए । पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याएर विजयी हुँदा देव गुरुङले ३१ हजार ७८१ मत ल्याएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest article