काठमाडौं । बागलुङ प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् ।
सार्वजनिक अन्तिम मतपरिणाम अनुसार केसी २१ हजार ४ सय ४८ मत ल्याएर निर्वाचित भएका हुन् । उनी सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुर्य पाठकले १८ हजार ९ सय १३ मत ल्याए ।
विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट प्रत्यक्ष निर्वाचित केसी विसं २०७० को दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फबाट संसद् छिरेका थिए । साथै केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सहकारी तथा गरिवी निवारणमन्त्री भएका थिए ।
अहिले भने सत्ता गठबन्धनको साथमा उनले क्षेत्र नं १ बाट उम्मेदवारी दिएका थिए ।पाठक भने सोही क्षेत्रबाट यसअघिको निर्वाचनमा विजयी भएका थिए ।