18 C
Kirtipur
Tuesday, November 29, 2022
- Advertisement -spot_img

एन्टी–स्लिप डिजाइन भएको रियलमी सी३० सार्वजनिक

Must read

काठमाडाैं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सी सिरिज अन्तर्गत नयाँ रियलमी सी३० एस सार्वजनिक गरेको छ । फोन इन्डस्ट्री लिडिङ्ग क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको जिनाइएको छ ।   

५ हजार एमएएच ब्याट्री क्षमता र एन्टी–स्लिप डिजाइन भएको सो फोनले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्ने कम्पनीको भनाइ छ । लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने,‘सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि यो राम्रो विकल्प हो । रियलमीमा हामी हाम्रा प्रयोगकर्ताहरूका विभिन्न आवश्यकताहरू समेट्न हरदम तत्पर रहन्छौँ । रियलमीको यो सी सिरिज, एन्ट्री–लेभल स्मार्टफोनहरूमा नविनतम प्रविधिहरु उपलब्द गराउन पाउँदा मलाई गर्व लागेको छ ।’   

फोन स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरि दुई रंगहरूमा उपलब्ध हुनेछ भने जसको मूल्य रु. १३,४९९  (२ जीबी प्लस ३२ जीबी) र रु. १५,९९९ (४ जीबी प्लस ६४ जीबी) रहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest article