15 C
Kirtipur
Tuesday, November 29, 2022
- Advertisement -spot_img

रिद्धि सिद्धिले ल्यायाे उपभोक्ता मालामाल अफर

Must read

काठमाडाैं ।  रिद्धि सिद्धि सिमेन्टले शुन्यको कमाल उपभोक्ता मालामाल अफर सार्वजनिक गरेको छ । हात खाली नजाने यस उपहार योजना अन्तर्गत हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार कुपनहरुमा रु. ५०० देखि रु. १०,००० सम्म उल्लेख गरिएको हुन्छ भने शून्य अङ्क उल्लेखित कुपन प्राप्त गरि आफ्नो कुपनमा भएको रकम पछाडि शुन्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिन्छ ।

यद्यपि ५० भन्दा धेरै संख्यामा ०को कुपन भएपनि प्रत्येक कुपनमा एकपटक मात्र ० लाई पछाडि जोडेर एक लाख सम्म रकम प्राप्त गर्न मिल्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उदाहरणको लागिः रु. १०,०००+०= रु. १,००,००० हुने छ ।

यदि रु. ५,००० वा सो भन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिक सम्पर्क नम्बरमा रजिष्टर गर्नु पर्नेछ भने उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निमार्ण स्थलमै रकम प्रदान गरिने कम्पनीको भनाइ छ  ।

कम्पनीका अनुसार यो योजना कार्तिक १५ गते मंगलबारदेखि पुस ३० गतेसम्म मात्र लागू हुनेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest article