कीर्तिपुर नगरपालिका वडा नं. ५ स्थित जनसेवा माध्यामिक विद्यालयमा वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय स्थापनाको हीरक जयन्ती (७५ वर्ष) मनाइरहेको सन्दर्भमा सोही विद्यालयका २०४० सालका एसएलसी समूहद्वारा उक्त वत्तृत्वकला कार्यक्रमको आयोजना गरेको थियो । शुक्रबार विद्यालयमा भएको सो वत्तृत्वकला प्रतियोगितामा कक्षा ८ “बि” मा अध्ययनरत स्वेता श्रेष्ठ प्रथम हुनु भएको थियो भने सोनिया जपर द्वितीय र सुष्मा बुढा तृतीय हुनुभएको थियो । वत्तृत्वकला प्रातियोगितामा प्रथम हुने श्रेष्ठ, द्वितीय हुने जपर र तृतीय हुने बुढाले पुरस्कार स्वरुप विद्यालयमा क्रमशः एक वर्ष, ९ महिना र ६ महिनाको लागि छात्रवृत्ति प्राप्त गर्ने आयोजकले बताइएको छ ।